अक्षय कुमार अब भारतीय नागरिक, सार्वजनिक गरे नागरिकता

अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्वीर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। अक्षय कुमारले तस्वीरसँग लेखेका छन्, ‘दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका थिए। हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए।

Share post:

Recent