अमेरिकी सैनिक जानी-जानी उत्तर कोरिया पसेको दाबी

उत्तर कोरियाले एक जना अमेरिकी सैनिक जानी-जानी आफ्नो देश पसेको बताएको छ।

बुधबार उत्तर कोरियाको कोरियन सेन्ट्रल न्युज एजेन्सीले गत जुलाईमा दक्षिण कोरियाबाट आएका प्राइभेट किङबारे एक रिपोर्ट प्रसारण गर्दै उनले उत्तर कोरिया वा अरू कुनै मुलुकमा शरण खोजिरहेको उल्लेख गरेको छ।

अनुसन्धानको क्रममा किङले अमेरिकी सेनामा हुने दुर्व्यवहार र अमेरिकी समाजमा हुने रंगभेदका कारण आफूले उत्तर कोरिया वा अर्को मुलुकमा शरण लिन चाहेको बताएको दाबी गरिएको छ।

जुलाई १८ मा अमेरिका फर्किने जहाज चढ्न छोडेर किङ उत्तर कोरियातिर  लागेका थिए।

उनका विषयमा उत्तर कोरियाले पहिलो पटक सार्वजनिक जानकारी दिएको हो।

अमेरिकी अधिकारीहरूले पनि किङ नियतवश नै उत्तर कोरिया पुगेको बताएका छन्।

Share post:

Recent