अमेरिकाको एफ–१६ लडाकु विमान युक्रेनले यस वर्ष चलाउन नसक्ने

काठमाडौं । युक्रेनले यस वर्ष अमेरिकमा बनेको लडाकु विमान एफ–१६ सञ्चाल गर्न नसक्ने बताएको छ । बुधबार युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातले यो वर्षभरिमा एफ–१६ लडाकु विमान प्रयोग गर्न नसक्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युक्रेनी पाइलटहरूलाई एफ–१६ विमान चलाउन प्रशिक्षण दिने योजना स्वीकारेका थिए । तर, विमान आपूर्तिबारे भने विशेष पहल भइसकेको छैन ।

यसबीच युक्रेनले नेटोको सदस्यता पाउन रूसले कब्जा गरेको भूमि उसलाई नै छोड्न सक्ने टिप्पणी गरेका एक वरिष्ठ अधिकारीले माफी मागेका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गका चिफ अफ स्टाफ स्टियान जेन्सेनले एक नर्वेजियन अखबारसँग बोल्दै युक्रेनले भूभाग त्यागे नेटोको सदस्यता लिनु समाधान हुनसक्ने भनेका थिए । तर, किभबाट यसको व्यापक विरोध भएपछि उनले माफी मागेका हुन् ।

यस्तै, रूस र युक्रेनबीचको अन्न निर्यात सम्झौता खारेज भएयता पहिलोपटक किभले एक नागरिक जहाजलाई दक्षिणी बन्दरगाह ओडेसाबाट पठाएको छ । रूसले भने आफ्नो सेनाले यो जहाजलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले युक्रेनको अनाज पूर्वाधारमा रूसको निरन्तर आक्रमणको निन्दा गर्दै मस्कोलाई सम्झौतामा तुरुन्तै फर्कन आग्रह गरेको छ ।

उता युक्रेनी ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले युक्रेनी भूभागबाट रूसी ग्यासको पारवहन सम्झौताको नवीकरण गर्ने वार्तामा सामेल नहुने बताएका छन् ।

Share post:

Recent