जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत (तस्बिरहरू)

बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरिएको छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्।

जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत् नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत् बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ। एउटै कम्पनीमार्फत् ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो।

जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत (तस्बिरहरू)

जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत (तस्बिरहरू)

जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत (तस्बिरहरू)

Share post:

Recent