चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने विश्वास छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताएका छन्।

विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दूरगामी सम्झौताको सम्भावना देखाएका हुन्।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाँदै छन्। उनी न्युयोर्कबाट असोज ४ गते चीनको भ्रमणमा जाने तय भएको छ।

‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे-केरूङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत् जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौं। मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ उनले भने।

Share post:

Recent