प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि सभामुख देवराज घिमिरेले सूचनाबाटै बैठक स्थगित गरिदिएका हुन् ।

संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । प्रमु्ख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको अडान कायम राखेको छ भने सत्तापक्षले सीआईबीमार्फत अनुसन्धान हुन दिनुपर्ने भन्दै आएको छ ।

यही विवादका कारण गत साउन १० गते यता संसद् चल्न सकेको छैन ।

samsad baithak1692523693.jpg

Share post:

Recent