काठमाडौं : काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्था खारेज गरेको छ। महानगरपालिकाले महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरिएको जनाएको छ।
महानगरपालिकाका अनुसार कामपा वडा-५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र वडा ७ मा रहेको बचत तथा ऋण सहकारी संस्था लि. खारेज गरिएको छ।
पछिल्लो समय महानगरले सहकारीहरूलाई नियम कानुनअनुसार चल्न सचेत गराउँदै आएको छ। विभिन्न सहकारीहरूबाट ठगिएको भन्दै सयौँ सर्वसाधारणले महानगरसमक्ष उजुरीसमेत दिने गरेका छन्।