प्रधानमन्त्री कार्यालयमा पनि आज सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार सर्वदलीय बैठक बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरूले तयार पारेको कार्यविधिमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसद्को अवरोध हटाउने बारेमा पनि छलफल हुनेछ। साथै दिउँसो २ बजे बस्ने शीर्ष तीन दलका नेताहरूको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेमा अन्तिम रूप दिने बताइएको छ।

कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद् अवरोध हट्ने छ।

Share post:

Recent