अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा आमा र दुई छोरा घाइते

बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरमा अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा तीनजना घाइते भएका छन्।

सुर्मा गाउँपालिका– ३ घर भई हाल सदरमुकाम चैनपुरमा बस्दै आएकी २५ वर्षीया सुनिता विक र उनका दुई छोरा सात वर्षीय आदित्य र चार वर्षीय मोटुमाथि गएराति १२ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको हो।

राति सुतेको समयमा अपरिचित व्यक्तिले भान्सामा रहेको चक्कु प्रहार गरेको सुनीताले बताइन्। चक्कु प्रहारबाट ढाँड, च्यापु, घाँटी र पिठ्युमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

जिल्ला अस्पातल सिमखेतमा ​घाइतेहरूको उपचार भइरहेको डीएसपी भण्डारीले बताए । घटनाबारे अनुसन्धान शुरु गरेको छ।

Share post:

Recent