काठमाडौंमा चितुवाको आक्रमणबाट एक घाइते, चितुवा कुखुराको खोरमा थुनियो

काठमाडौंको कीर्तिपुरमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । उनको सामान्य अवस्थामा उपचार भइरहेको कीर्तिपुर वडा नम्बर ४ का वडाध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “चितुवा कुखुराको खोरमा पसेपछि थुनेर राखिएको छ । चितुवाको आक्रमणबाट सामान्य घाइते भएका एकजनाको अहिले उपचार भइरहेको छ ।”

रसुवाका पुन्यप्रसाद तामाङले पालन गरेको कुखुरा फर्ममा चितुवा छिरेको थियो । तामाङ सोही ठाउँमा रहेको हुँदा चितुवाले झम्टिएको हुन सक्ने बताइएको छ । उनी सामान्य घाइते छन् । उनलाई अहिले ट्रमा सेन्टरमा राखिएको छ ।
कीर्तिपुर वृत्तका डीएसपी राजु लामाले दिएको जानकारीअनुसार कुखुराको खोरभित्रै रहेको चितुवाको अहिले उद्धारको प्रयास हुँदैछ ।

Share post:

Recent