समीक्षाकी दिदी शर्मिला भन्छिन्– म आत्तिसकेँ

काठमाडौं । गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफू आत्तिसकेको बताएकी छन् । समाजको आलोचना र मान्छेको व्यवहारबाट आफू आत्तिसकेको उनको भनाइ छ ।

फूल्न नपाउँदै झर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । समीक्षाले केयरटेकरका रूपमा उनलाई अष्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी छन् ।

‘खोक्रो इज्जतको खोल ओढेर आँफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका, नदेखिएका पनि होइनन् । मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु,” उनले लेखेकी छन्, “मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्नसक्ने साहास भगवानले पूरा गरून् । सकिन्छ राम्रो सल्लाह सुझाव दिने कोसिस गर्नुहोस्, सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचिदिनूस् ।”

समीक्षाले शर्मिला आर्टिस्ट भिसामा अष्ट्रेलिया गएको बताउँदै आएकी छन् ।

Share post:

Recent