साउदी अरेबियाको फुटबल प्रशिक्षकमा रोबर्टो म्यानसिनी

११ भदौ, काठमाडौं । साउदी अरेबियाको प्रमुख प्रशिक्षकमा इटालियन प्रशिक्षक रोबर्टो म्यानसिनी अनुबन्ध भएका छन् ।

इटालीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदीमा आवद्ध भएका हुन् ।

५८ वर्षिय प्रशिक्षक म्यानसिनीले सन् २०२० मा इटालीलाई यूरो कपको उपाधि जिताएका थिए ।

विश्वका स्टार खेलाडीले साउदीका क्लबहरु छानि रहँदा पहिलो पटक यूरोपेली च्याम्पियन तथा चर्चित प्रशिक्षकले पनि साउदीको बाटो रोजेका हुन् । उनले २०२७ सम्म साउदीमा रहने गरि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनले साउदीको प्रशिक्षकको रुपमा सेप्टेम्बर ८ मा पहिलो खेल खेल्नेछन् । साउदीले कोस्टारिकासँग सेन्ट जेम्स पार्क, न्यु क्यासलमा खेल्नेछ ।

‘मलाई लाग्छ, मेरो लागि यो निकै नयाँ अनुभव गर्ने सानदार मौका हुनेछ । अझ विशेषतः एसियामा बढ्दो लोकप्रियताका साथमा’, म्यानसिनीले साउदीसँगको सम्झौतापछि भने, ‘साउदी प्रो लिगमा शीर्ष खेलाडीहरुको सम्झौताले राष्ट्रिय फुटबलको पनि विकासको सम्भावनातर्फ संकेत गर्छ ।’

२०२२ को विश्वकपमा साउदीले च्याम्पियन टिम अर्जेन्टिनालाई २–१ ले हराउँदै इतिहास रचेको थियो । अर्जेन्टिनालाई हराए पनि साउदीले समूह चरण पार गर्न सकेको थिएन ।

म्यानसिनीले २०१२ मा म्यानचेस्टर सिटीलाई पहिलो पटक प्रिमियर लिगको उपाधि जिताएका थिए । उनल फिरोन्टिना, लाजियो, इन्टर मिलान, गलाटसारे र जेनिथ सेन्ट पिटर्सबर्गमा पनि प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

Share post:

Recent