क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना, भने– खेलाडीको हितका हमेसा ध्यान दिएको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरे ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

यस्तै, सभामुख देवराज घिमिरेले पनि नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् । “आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीलाई जितका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनले भनेका छन् ।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ ।

Share post:

Recent