काठमाडौं । एक्स अथवा पहिलेको ट्विटरले प्रयोगकर्ताहरूको बायोमेट्रिक डेटा संकलन गर्ने भएको छ । कम्पनीले अद्यावधिक गरेको गोपनीयता नीतिमा अनुहारको विवरणजस्ता डेटा संकलन गर्न सक्ने बताएको हो ।
यसको सब्सक्रिप्सन सर्भिस एक्स प्रिमियमका साइन अप गरेका व्यक्तिले भेरिफिकेसनका लागि सेल्फी र आईडी पठाउन सक्ने छन् । नीतिमा एक्सले रोजगारी र शैक्षिक पृष्ठभूमिको डाटा संकलन गर्न सक्नेसमेत उल्लेख गरेको छ ।
यसले सम्भावित रोजगारीको अवसरको सुझाव दिन र जागिरका लागि आवेदन दिँदा रोजगारदातालाई विवरण पठाउन मद्दत हुने कम्पनीले जनाएको छ ।
पछिल्ला दिनहरूमा एक्सले अब रोजगारी दिन पाउन सकिने सेवा थप्ने आकलन गरिएको छ । गत मेमा कम्पनीले लास्की नामक रिक्रुटिङ सेवा कम्पनी खरिद गरेको थियो ।
एक्सको नयाँ गोपनीयता नीति २९ सेप्टेम्बर देखि लागु हुने छ ।