काठमाडौं । गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार (आज) बिहान गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । “सेनाको बम डिस्पोजल टोली घटनास्थल अहिले घटनास्थलमा छ,” भुसालले बाह्रखरीसँग भने, “बम हो/होइन केही समयमा थाहा हुनेछ ।”
उक्त शंकास्पद वस्तु कसले राखेको हो भन्नबोर जानकारीमा नआएको उनले बताए । “अहिलेसम्म उक्त वस्तु कसले राखेको थाहा भएको छैन । तर, परबाट हेर्दा झण्डा राखेको जस्तो देखिएको छ,” उनले भने ।
शंकास्पद बस्तु फेला परेसँगै सवारी आवगमन रोकिएको उनले जानकारी दिए ।