सुरुङमार्ग आयोजना प्रमुखलाई प्रचण्डले जनताकै बीचबाट फोन गरेपछि‍.

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा सुरुङबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।

 

 

शनिबार चन्द्रागिरी नगरपालिका २ मा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन समारोह स्थलबाट प्रधानमन्त्री प्रचण्डले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठलाई फोन गरेर राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले जनताको बीचबाट आयोजना प्रमुखलाई फोन गरेर सुरुङ मार्गबाट प्रभावित क्षेत्रका जनतालाई राहत, पानीको व्यवस्थापन र चर्किएका घरको राहतका निम्ति निर्देशन दिए।

सुरुङ मार्गका कारण यो क्षेत्र प्रभावित भयो। पानीको मुहान सुकेर गयो। घर चर्किएर गएको विषयमा ध्यानाकर्षण गराउनु भयो। म कार्यक्रम स्थलबाटै कमरेड जनार्दन शर्मालाई फोन लगाउन भन्छु र सुरुङ मार्गबाट प्रभावित क्षेत्रका जनतालाई राहत, पानीको व्यवस्थापन र चर्किएका घरको राहतका निम्ति निर्देशन दिनेछु।’

त्यसपछि उपमहासचिव शर्माले प्रधानमन्त्री श्रेष्ठलाई फोन लगाएर प्रचण्डलाई बोल्न दिँदै भने, ‘सम्माननीयज्यूसँग कुरा गर्नुहोस् है दिएँ।’ ​

उपमहासचिव शर्माले फोन दिएपछि प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए। उनले भने, ‘म वडा नम्बर २ का जनताको साथमा छु। उहाँहरूले सुरुङ मार्गबाट भोगेका समस्याहरू बडो गम्भीर ढंगले राख्नुभयो। सुरुङमार्ग विस्फोट गराउँदा घरहरू चर्किएको, खानेपानीको विशेष व्यवस्था र चन्द्रागिरीको ठूलो भाग प्रभावित क्षेत्र पर्दोरहेछ। यसको राहतको निम्ति व्यवस्थाको कुरा उठाउनु भएको हुनाले मैले जनताको बीचबाट भनेको छु।’

उनले एक हप्ताभित्र प्रभावित क्षेत्रको सुझावसहितको प्रतिवेदन आफूलाई बुझाउनसमेत निर्देशन दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँले मलाई एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनुपर्यो। यसको समस्या हल गर्न के गर्नुपर्छ? यो मेरो निर्देशनका रुपमा लिनुहोला। अरु के गर्ने भेटेर कुरा गरौंला। धन्यवाद।’

छलफलमा सहभागीहरूले थानकोट सुरुङमार्गबाट वडा नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको भन्दै प्रधानमन्त्रीसँग गुनासो राखेका थिए।

Share post:

Recent