बाली बचाउन लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा युवाको मृत्यु

चितवनको माडी नगरपालिका–३, धोबहामा शनिबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २६ वर्षीय धीरज महतो रहेका छन् ।

धोबहामा उनका बुवा शिवनारायण महतोले जनावरबाट बाली बचाउन लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा घाइते भएका थिए ।

बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share post:

Recent