बालेनको नवजात शिशु एक सातादेखि अस्पतालको एनआईसीयूमा, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविता काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिएको खुलेको छ । आमा अस्पतालबाट डिस्चार्ज भइसकेको र नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले बतायो ।

काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रियामार्फत सविनाले बच्चा जन्माएकी हुन् । आमाको पेटमा छँदा नै बच्चाको अवस्था सामान्य नरहेकाले डाक्टरहरुको सल्लाहअनुसार ७ महिनामा शल्यक्रिया गरेर निकालिएको अस्पताल स्रोतको भनाइ छ । यसअघि बालेनले पत्नीलाई भारतको अस्पतालमा लगेर पनि देखाएका थिए भने एक महिनाअघि देखि मेडिसिटी अस्पताल धाइरहेका थिए ।

सविनाको पेटमा जुम्ल्याहा छोरी थिए । उनीहरुमध्ये एक शिशुलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ ।

नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बुझिएको छ । स्रोतका अनुसार केही दिन अझै अस्पतालमा राख्नुपर्ने हुन सक्छ । सविना बच्चालाई दुध खुवाउन घरबाटै अस्पताल जाउआउ गरिरहेकी छन् ।

Share post:

Recent