रवि लामिछाने नेपाल-भारत म्याच हेर्न श्रीलंका जाँदै, बालेनको पनि तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।

रवि लामिछाने नेपाल-भारत म्याच हेर्न श्रीलंका जाँदै, बालेनको पनि तयारी

नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका जान लागेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने भएका छन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो । बालेन आज बेलुका उड्ने बुझिएको छ ।

Share post:

Recent