भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

भारतको उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो।

Share post:

Recent