शंखमूलमा खुकुरी हान्‍ने युवक समातिए

१७ भदौ, काठमाडौं । शंखमूलमा खुकुरी हान्‍ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-११ घर भई हाल बुढानीलकण्ठ नगरपालिका बस्‍ने ३० वर्षीय निरज मगर भन्‍ने सुमन थापा मगर रहेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ज्‍यान मार्ने कसूरमा आवश्‍यक कारबाहीकव लागि प्रहरी वृत नयाँ बानेश्वर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले २०७८ साल चैत ९ गते दिउँसो १: १० बजेको समयमा शंखमूलस्थित सुरज खड्कालाई खुकुरी प्रहार गरेका थिए ।

Share post:

Recent