काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो ।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री हुने पानीको गुणस्तरमा शंका देखिएको छ । महानगरले आइतबार वडा नं ३२ को जडीवुटीमा पानीको जार लिएर आउँदै गरेको गाडीको अनुगमन गरेको थियो ।

‘यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन्, भएकामध्ये आधामा लेवल राखिएको थियो, आधामा थिएन । कुच्चिएर चुहिने भएकार फुटेका जार पनि सराबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन’, डा. झाले भने ।

Share post:

Recent