पुटिन र एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल

ठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल भएको छ । सोमबार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्र प्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौताबारे छलफल भएको हो ।

बैठकपछि टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरूका लागि एक कदम अघि बढ्नु रहेको बताए ।

एर्दोगन र पुटिनबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ ।

टर्की र रुसबीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताए ।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताका रूपमा काम गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Share post:

Recent