जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गरेका छन्।

उनको शपथग्रहण कार्यक्रममा हजारौं जिम्बाबेवासी हरारेको खेलकुद स्टेडियममा भेला भएका थिए।

आफ्नो उद्घाटन भाषणामा उहाँले राष्ट्रलाई एकतावद्ध रहन आग्रह गर्दै सरकारले सबै जिम्बाबेवासीको जीवन परिवर्तनको सुनिश्चित गर्ने आश्वासन दिए।

उनले क्षेत्रीय र अन्य विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा सोमबार आफ्नो दोस्रो पाँच वर्षको कार्यकालको लागि शपथ लिएका हुन्।

गत महिनाको आम चुनावमा उनले ५२.६ प्रतिशत मत प्राप्त गरेका थिए। उनले भाषणका क्रममा आफूलाई पुनः नेतृत्वका लागि चयन गरेकोमा जिम्बाबेवासीलाई धन्यवाद दिँदै आगामी ५ वर्षमा देशलाई एकतावद्ध गर्दै आधुनिकीकरण र विकास गर्ने प्रतिवद्धता जनाए।

उनले निर्वाचनले जिम्बाबेमा लोकतन्त्रलाई बलियो बनाएको पनि बताए।

Share post:

Recent