कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गरिएको घटनाको विरोधमा जनकपुरधाममा आन्दोलन सुरु भएको छ ।

नेपाल विद्यार्थी संघले जनकपुरधामको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेको हो । विद्यार्थीहरूले महामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेपछि सवारी साधन समेत अवरुद्ध भएको छ ।

खुकुरी प्रहार गर्ने अपराधीलाई कडा कारबाही गर, गृहमन्त्री मुर्दावाद, लोकतन्त्र विरोधी होसियार जस्ता नारा आन्दोलनमा उत्रेका विद्यार्थीहरूले लगाएका छन् ।

बुधवार कांग्रेसको सहमहामन्त्री यादवमाथि एक युवकले खुकुरी प्रहार भएका थिए । ट्रमा सेन्टरको आइसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएको छ ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको विरोधमा जनकपुरधाममा प्रदर्शन

Share post:

Recent