१२ केजी चरेस बोकेर थाइल्याण्ड उड्न लागेका तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन्।

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Share post:

Recent