अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक

भियतनामबाट अमेरिकी सेना फर्किएको पाँच दशकबीच दुई मुलुकबीच विशेष सम्झौता भएको छ । इतिहासमा कट्टर दुस्मनी साँधेका दुई मुलुक वर्तमानमा दोस्तीतर्फ अघि बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम पुगेर सम्झौता गरेसँगै दुइ मुलुक निकै निकट हुने क्रममा छन् ।

बाइडेनको भियतनाम भ्रमण र त्यहाँ उनले गरेको सम्झौतालाई चिनियाँ प्रभाव कम गर्ने प्रयत्नका रुपमा समेत लिइएको थियो । त्यस टिप्पणी तथा चर्चालाई नकार्दै बाइडेनले भनेका छन्-”यो सम्झौता चीनको अन्तर्राष्ट्रिय प्रभावलाई कम गर्नका लागि भएको चर्चा म स्वीकार गर्दिंन ।’

अमेरिका भियतनामसँग  पछिल्लो दुइ वर्षदेखि सम्बन्ध बलियो बनाउने प्रयत्नमा लागेको थियो । यो सम्झौता त्यसैको नतिजा हो । बाइडेनले सम्झौता उपर भएका टिप्पणीलाई अस्वीकार गरे पनि सेमिकन्डक्टर प्रविधि तथा उड्डयन जस्ता क्षेत्रमा भियतनामसँग सम्झौताको निहित उद्देश्य  एसियामा चीनको प्रभावलाई कम गर्नु नै रहेको छ ।

Share post:

Recent