आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ ।

मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लञ्च गरेको हो ।

नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भएको एप्पलले दुबै फोनमा टाइटेनियम बडी तथा बेजलको आकार घटाएको छ भने क्यामराको गुणस्तरलाई निकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।

यसपटक एप्पलले आइफोनमा गरेको सबैभन्दा ठूलो परिवर्तन भनेको युएसबी टाइप सी पोर्ट राख्नु नै हो । एप्पलले पहिलोपटक आफ्नो आइफोनमा टाइप सी पोर्ट राखेको छ । यो सँगै अब प्रयोगकर्ताले एन्ड्रोइड फोनको चार्जर केबलबाट समेत आइफोन चार्ज गर्न सक्नेछन् ।

Share post:

Recent