ब्राजिलले विश्वकप छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई पराजित गरेको हो ।
पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिल १-० गोल अन्तरले विजयी भएको हो ।
ब्राजिलको लागि खेलको ९० औं मिनेटमा मार्किन्होसले निर्णायक गोल गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिलले ६ अंक बटुलेको छ ।
दोस्रो जित दर्ता गरेको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार नै भएको अन्य खेलमा अर्जेन्टिना, भेनेजुयला, ईक्वेडर र भेनेजुयला विजयी भएको छ भने, चिली र कोलम्बियाले गोलरहित बराबरी खेले ।
छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।