एपीआई क्रिकेट कार्निभल शनिबारदेखि

काठमाण्डौं । एपीएआई स्कुलले एपीआई क्रिकेट कार्निभल आयोजना गर्ने भएको छ ।

एपीएआई स्कुलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि यहि भदौ ३० देखि असोज २ गतेसम्म एपीआई क्रिकेट कार्निभल आयोजना गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा विभिन्न १२ विद्यालयको सहभागिता रहने छ ।

जसमा एपीआई स्कुल, युरो स्कुल, रेडेन्ट स्कुल, उज्वल शिशु निकेतन, एलआरआई, मोक्साद, एन्जल हर्ट, निकेतन मेमोरियल, तिलिङ्गटार, आर्दश विद्या सदन, श्री कामना बोर्डिङ्ग र एपीआई स्कुल ए रहेका छन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ भने शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको सम्पूर्ण खेल १० ओभरमा खेलाईने छ भने एक टोलीमा १० खेलाडी हुनुपर्ने छ ।

शनिबार हुने प्रतियोगिताको पहिलो खेलमा एपीएआई स्कुल र एलआरआईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ९ बजे शुरु हुनेछ ।

Share post:

Recent