सिटीको लगातार पाँचौं जित

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । लण्डन स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन जिरिमे डोकु, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले समान १-१ गोल गरे । डिफेन्डिङ्ग च्याम्पियन सिटीको जारी सिजनमा यो लगातार पाँचौं जित हो।

पाँचौं जितसँगै १५ अंक जोडेको सिटीले शीर्ष स्थानको अग्रता कायमै राखेको छ । यता पराजित वेस्ट ह्याम ५ खेलमा १० अंकका साथ छैठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएको अरु खेलमा फुलहमले लुटन टाउनलाई १-०, टोटेहमले सेफिल्ड युनाईटेडलाई २-१, ब्राईटनले म्यानचेस्टर युनाईटेडलाई ३-१, एस्टोन भिल्लाले क्रिस्टल प्यालेसलाई ३-१ र न्युकासलले ब्रेन्टफर्डलाई १-० गोलले पारजित गरेको थियो

Share post:

Recent