प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच आज भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै छन् । अमेरिकाको न्यूयोर्कमा उनीहरूबीच संक्षिप्त भेटवार्ता हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजअघि उनीहरूबीच संक्षिप्त भेटवार्ता हुनेछ ।

भेटपछि सामूहिक फोटो खिचेर राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

Share post:

Recent