वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं । वीर अस्पतालमा अब हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

यसअघि एक दिन मात्रै हुँदै आएको प्रत्यारोपण असोज १ गतेबाट सोमबार, बुधबार र शुक्रबार हुने अस्पतालले जनाएको छ ।

त्यस्तै, यसअघि तीन दिन मात्रै हुँदै आएको युरोलोजीसम्बन्धी शल्यक्रिया अब शनिबारबाहेक सबै दिन हुने भएको छ । युरोलोजीको ओपीडी सेवा भने आइतबार, मंलबार र बिहीबार हुने अस्पतालले जनाएको छ ।

सबै विभागको शल्यक्रिया सेवा दिनहुँ सञ्चालन गर्ने पनि तयारी भइरहेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको भनाइ छ ।

nams-(1)-1695103241.jpg
 

Share post:

Recent