संसारकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लवको एरिया ३२५ सी अन्तर्गत पर्ने लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डस्को अध्यक्ष ९प्रेसिडेण्ट० पद पोषण श्रेष्ठले सम्हाल्ने भएका छन्।
व्यक्तिगत रुपमा विभिन्न सामाजिक कार्यमा पहिले देखिनै अग्रसर रहेतापनि सन् २०१९ देखि नेपालमा फैलिएको कोभीड महामारी पश्चात् भने कुनै सामाजिक संस्था मार्फत खुलेरनै सामाजिक कार्यको क्षेत्रमा अग्रसर हुने विचारले यो संस्थामा आबद्ध भएको जानकारी श्रेष्ठले दिएका छन्। उनी वर्ष २०२१\२२ को लियो क्लब अफ दन्तकाली धरानको अध्यक्ष समेत रहिसकेका छन्। उनी यस पश्चात लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डस्मा आबद्ध भएका हुन्।
यस संस्थाले ब्लड डोनेसन, अपाङ्ग तथा असायहरुलाई उपयोगी सामानहरू वितरण, महत्वपूर्ण क्षेत्रहरूमा सरसफाई, खाद्यान्न बितरण, आर्थिक सहयोग, महत्वपूर्ण तालिम सञ्चालन इत्यादि कार्यहरू गर्दै आइरहेको क्लबकी फाउन्डर प्रेसिडेण्ट जुली सुब्बाले जानकारी दिनु भएको छ।
करिब १।४ मिलियन सदस्य तथा ४८००० क्लबहरु भएको लायन्स क्लब इन्टरनेशन करिब २०० देशहरूमा फैलिएको छ जसलाई सन् १९१७ मा मेल्भीन जोन्सेले स्थापना गरेका थिए। यसै क्रममा नेपालमा भने सन् १९७१ मा मातृका प्रसाद कोइरालाले यसको सुरुवात गरेका थिए।
अमेरीकाको कल्लेर टेक्ससमा मुख्य कार्यालय रहेको लायन्स क्लब इन्टरनेशनले युथ एमपावरमेन्ट, एनभाइरोमेन्ट केयर, चाइल्ड केयर, हँगर रिलिफ, साईट फर्स्ट, लायन क्वोयस्ट, स्पेशल किड्स केयर इत्यादिको क्षेत्रमा काम गरिरहेका र यी मध्य डायबिटिज, भिजन, हंगर, इनभाइरोमेण्ट र चाइल्ड क्यान्सरका विषयमा विशेष सर्भिस गर्ने गरिरहेको जानकरी प्रेसिडेण्ट पोषण श्रेष्ठले जानकारी दिएका छन्।