शिक्षकहरूको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

शिक्षा विधेयकको विरोधमा देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेपछि ट्राफिक व्यवस्था अस्तव्यस्त हुन पुगेको हो ।

माइतीघरमा जम्मा भएका शिक्षकहरूको प्रदर्शन सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्म पुगेको छ ।

जसकारण उक्त रुटमा चल्ने सवारी साधानलाई विभिन्न सहायक रुटमा डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरीका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

Share post:

Recent