गोरखा । भीमसेनथापा गाउँपालिकाले विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।
गाउँपालिकाले दिवसको अबसरमा पालिकाका भुमिहिन दलित, भुमहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, उष्कृष्ट सघंसस्था सम्मान र आरान व्यवसायीहरुलाई आधुनिक उपकरणहरु वितरण गरेको हो ।
पालिकाका ८ वटै वडाका ११ भुमिहिन दलित, १४ जना भुमीहिन सुकुम्वासी र ४८ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए ।
यस्तै, गाउँपालिकाले माझथोक कृषि सहकारी सस्था, बगुवा माछापोखरी नेवार गुठी समाज कल्याण, खाञ्चोक सेवा समाज, नारायणपुर साना किसान सहकारी संस्थालाई ५ हजार रुपैँया नगदर सम्मान पत्रसहित उष्कृष्ट सस्थाको रुपमा सम्मानित गरेको छ ।
सोही कार्यक्रमकै बीच गाउँपालिकाले पालिकाभरका करिव २० जना आरन व्यवसायीहरुलाई आरान सुधार र प्रोत्साहन गर्नका निम्ती वोल्डिङ्ग मेशिन, लिग, पंखा र ग्रेण्डर लगायतका आधुनिक उपकरणहरु हस्तान्तरण गरेको अधिकारी बताउँछन् ।
गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजाराको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्की, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।