काठमाडौँ- नेपालमा बनेका सामग्रीहरूलाई प्रवर्द्धन गर्न ‘अबिर आर्तिसन फेस्टिभल’ मा ५० भन्दा बढी स्टलहरू हुने भएका छन् । असोज १३ र १४ गते पाटन संग्रहालयलमा नयाँ-नयाँ उद्यमीलाई प्रोत्साहन गर्न अबिर आर्तिसन फेस्ट हुँदैछ । फेसनका पोशाक, हस्त सामग्री,फेसन, लाइफ स्टाइल, क्रोक्टेड, (कुरूस) ले वुनेको, केनीवेर (काति)ले बुनेको, संगीतका कार्यक्रम तथा खानाका साथै स्थानीय स्तरमा निर्मित सामग्रीहरू राखिने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर र ललितपुर महानगर समिति अबिर डिजाइनर्स हबको आयोजनमा दुई दिनसम्म फेस्ट हुन लागेको हबकी निर्देशक बिनी बज्रचार्यले जानकारी दिइन् । फेस्टमा सहभागीले आफ्नो क्षमता अनुसार सीपको प्रदर्शन गर्नसमेत पाउने उनले बताइन् ।
‘कपडामा आधारित, कलाकार र शीपकर्मीहरू तथा युवालाई लक्षित गरेर र नेपालमा निर्मित सामग्रीको प्रवर्द्धन गर्न यो फेस्टले सहयोग गर्नेछ,’ उनले भनिन् । कोभिड-१९ को कारणले साना व्यवसायी तथा सीपकर्मीहरूको मनोबल उच्च राख्न अबिर अर्तिसन फेस्ट स्थापना भएको थियो ।
सन् २०२१ देखि अबिर आर्टिसन सुरु भएको थियो । यसअघि पनि तीन पटक अबिरले नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रवर्द्धन गर्न फेस्टिभल गरिसकेको छ । प्रत्येक साता साना नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुरले साना उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको ब्रजचार्यले बताइन् ।
‘ललितपुर महानगरपालिकाका र मोफसलका साना व्यवसायीलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिरहेको आबिर आर्तिसनले गरिरहेको छ,’ उनले थपिन् । यस पटक फेस्टमा सहभागी व्यवसायी तथा आर्तिसनका लागि सिक्वेल फाउण्डेसनको सहकार्यमा डिजिटल मार्केटिङको तालिम निःशुल्क सञ्चान गरिने उनले बताइन ।