काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले यसको पहलकदमी कांग्रेसले लिएर प्रधामन्त्रीलाई झकझकाउनुपर्ने बताए । उनले एयरपोर्ट निर्माणपछि महँगो ब्याज तिर्नुपरेको भन्दै ऋण मिनाहा नभए विश्वका अरू देशमा जस्तै चीनको हस्तक्षेप बढ्ने बताए
“पोखरामा अन्तर्राष्ट्रियय एयरपोर्ट महँगोमा बनायौँ, चर्को ब्याज तिरको छौँ,” उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमण छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नुपर्छ । यदि ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित छ । यसमा कांग्रेसले ध्यानाकर्षण गराउन जरुरी छ ।”
उनले अहिले देशले सुशासन खोजेको भ्रष्टाचाररहित समाज खोजेको भन्दै यसतर्फ कांग्रेस अघि बढ्न जरुरी रहेको बताए ।
चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको र उपभोक्ता मन्त्रालय कांग्रेससँग हुँदा पनि जनता महँगीमा पिल्सिएको बताए ।