राजनीति गर्न लाइसेन्स लिने व्यवस्था गरौँ – दीपकराज गिरीको व्यंग्य

काठमाडौं । कलाकार दीपकराज गिरीले राजनीति गर्न लाइसेन्स लिनु पर्ने व्यवस्था गर्नु पर्ने भन्दै व्यंग्य गरेका छन् । लाइसेन्स लिने व्यक्तिले मात्रै राजनीति गरे नेपालको धेरै समस्याको समाधान हुने उनको टिप्पणी छ ।

“राजनीति गर्न लाइसेन्स लिनु पर्ने सिस्टम विकास गरौँ,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “त्यो बाहेक अन्यले राजनीति गरे कारबाही हुने हो भने यो देशको आधा समस्या सकिन्छ ।”

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक बुधबारदेखि काठमाडौंमा आन्दोलनरत छन् । राजनीतिक दलको सदस्यता लिन नपाउनेलगायत विधेयकमा समेटिएपछि शिक्षक आन्दोलित भएको टिप्पणी भइरहेका बेला दीपकले यस्तो व्यंग्य गरेका हुन् ।

Share post:

Recent