एसियाडः पुरुष टेबल टेनिसको टिम इभेन्ट्समा नेपाल पराजित

काठमाण्डौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको पुरुष टिम इभेन्ट्समा नेपाल पराजित भएको छ ।

शुक्रबार बिहान भएको खेलमा जापान नेपालसँग ३-० ले पराजित भएको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालका रुविन महर्जन जापानका हारीमोटो टोमोकाजुसँग ३-१ को सेटमा पराजित भए ।

पहिलो सेट ११(६ ले आफ्नो पक्षमा पारेको रुविन त्यसपछिका तीन सेटमा क्रमशः ११-२, ११-३ र ११-५ ले पराजित भए ।

दोश्रो खेलमा नेपालका संयोग कपालीले जापानका महारु योसिमुरासँग ११-७, ११-३ र ११-७ को हार व्यहोरे ।

तेश्रो खेलमा नेपालका अर्का खेलाडी बिलाश श्रेष्ठ जापानकै सुनसुके टोगामीसँग ११-६, ११-३ र ११-३ को सेटमा पराजित गरे ।

यसअघि महिलाको टिम इभेन्ट्समा नेपालले सिंगापुरसँग ३-० को सोझो सेटमा हार व्यहोरेको थियो ।

Share post:

Recent