युरोपा लिगमा लिभरपुलको विजयी शुरुवात

युरोपा लिग फुटबलमा लिभरपुलले विजयी शानदार शुरुवात गरेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली अष्ट्रियन क्लब लस्कलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले विजयी शुरुवात गरेको हो ।

घरेलु टोली लस्कबिरुद्ध पहिलो हाफमा १-० ले पछि परेको लिभरपुलले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन जित निकालेको हो ।

जितसँगै समूह इमा रहेको लिभरपुलले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

Share post:

Recent