सुर्खेत । सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । सोमबार बिहान जीप रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा. १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान सवा ६ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतकको पहिचान हुन भने भएको छैन । घटनामा तीनजना घाइते भएका छन् भने घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई थप उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।