काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।