सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुन तोलाको एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share post:

Recent