असोज १५ देखि बिराटनगरमा जनपथ फुटबल एकेडेमीको आयोजनामा हुने जनपथ बडा दशैं मिनी पोष्ट खुल्ला नकाउट फुटबल प्रतियोगिताको खेल-तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले २५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५०० नगद पाउने छन् ।
प्रतियोगिताको राइजिङ खेलाडीले फुटबल बुट प्राप्त गर्नेछ ।
उत्कृष्ट डिफेन्डर र उच्च गोलकर्ताले जनही ११०० नगद प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५०० नगद पाउनेछ ।
खेल बिराटनगर-१४ स्थित डिग्री कलेजको खेल मैदानमा हुनेछ ।