सरकार र राहत शिक्षकबीच यस्तो भयो सहमति (पत्रसहित)

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षकहरूको विभिन्न मागहरू समेटिएका छन्।

सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। उक्त वार्तामा शिक्षामन्त्री,शिक्षा राज्यमन्त्री,राहत शिक्षकका प्रतिनिधिलगायत सहभागी थिए। सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि नै देशभरका शिक्षकहरूले आन्दोलन थालेका थिए।

गत शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि स्थायी शिक्षकहरू घर गएका थिए। तर,माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय सङ्घर्ष समिति, नेपाल बाल विकास शिक्षक सङ्घर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन कायम राख्दै सडक छाडेका थिएनन्।

यी हुन सहमतिहरू
सरकार र राहत शिक्षकबीच यस्तो भयो सहमति (पत्रसहित)

सरकार र राहत शिक्षकबीच यस्तो भयो सहमति (पत्रसहित)

सरकार र राहत शिक्षकबीच यस्तो भयो सहमति (पत्रसहित)

Share post:

Recent