२२ फागुन, विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको बयोजना तथा कोशी प्रदेश सरकारको प्रायोजनमा आजदेखि विराटनगरमा कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।
सात प्रदेश र तीन विभागीय टोली सहभागी यस प्रतियोगिताका खेलहरु बैजानाथपुरस्थित प्रस्तावित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ए मा रहेका घरेलु टोली कोशी प्रदेशदे कर्णाली प्रदेशसँग खेल्नेछ ।
प्रतियोगितामा समूह चरणका २०, दुई सेमिफाइनल र फाइनल गरी कुल २३ खेल हुनेछ ।
प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस