अर्जेन्टिनामा सरकारी मितव्ययिता उपायको विरुद्धमा १२ घण्टाको आम हड्ताल सुरु

नयाँ आवाज
११ माघ २०८० १४:२६

एजेन्सी । अर्जेन्टिनाका प्रमुख श्रमिक संघ, सामाजिक संगठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रस्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हडताल सुरु गरेका छन् ।

जसमा राजधानी सहर ब्यूनस आयर्समा कंग्रेस तर्फको र्याली समावेश थियो । श्रमिक महासंघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बीचको आयोजना गरेको थियो । अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो संघको नेतृत्वमा भएको विरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लागू गर्नबाट रोक्नको लागि रहेको बताइएको छ ।

राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले हडताललाई ‘निरपेक्ष बकवास’ को संज्ञा दिएका छन् । माइलीले प्रस्तावित सुधारहरू पीडादायी भएको स्वीकार गरे पनि देशको संकटग्रस्त अर्थतन्त्रलाई पुनः स्थापना गर्न आवश्यक रहेको बताए । श्रमिक नेता एडुआर्डो बेलिबोनीले पत्रकारहरूलाई हड्तालको उद्देश्य जनताको अधिकारको रक्षा गर्नु रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *