थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

नयाँ आवाज
१५ चैत २०८० १३:२८

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ ।

थुनामा रहँदा रिंगटा लागेर रक्तचाप कम हुने समस्या देखिएपछि उनलाई बुधबार राति अस्पताल लगिएको थियो ।

अस्पतालका प्रमुख डा. रत्नमणि गजुरेलका अनुसार प्रारम्भिक रूपमा रायमाझीको मुटुको चालमा गडबडी रहेको देखिएको छ । उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । उनको उपचार मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले गरिरहेका छन् ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चालको २४ घण्टासम्म निगरानी गर्नका लागि अस्पतालमा राखिएको जानकारी डा. गजुरेलले दिए ।



प्रतिक्रिया

धेरै पढिएको