अछामका एक युवाले लगाए आफ्नै श्रीमतीको यौनीमा ताला

नयाँ आवाज
४ जेठ २०८१ १४:४१

आफ्नै श्रीमानले श्रीमतीको यौनीमा ताला लगाएको सुन्दा अच्चम लाग्न सक्छ । तर, अछामका एक युवाले आफ्नै श्रीमतीको यौनीमा ताला लगाइ दिएका छन् ।

परपुरुषसँग परपुरुषसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ बाच्कोटका उपेन्द्र हुड्केले आफ्नै श्रीमतीको यौनीमा ताला लगाएका हुन् ।

हाल भारतको महाराष्ट्रमा मजदुरी गर्दै आइरहेका उनले श्रीमतीको यौनीमा ताला लगाएको घटना बाहिरिएको हो ।

घटना १५ दिनअघिको हो । १५ दिनसम्म यौनीमा ताला लगाएर राखेपछि श्रीमतीको शरीर सुन्निएर हिँड्न नमिल्ने भएपछि घटना बाहिर आएको हो ।

हाल पीडित महिलाको उद्धार गरि भारतको वाइसीएम अस्पतालमा उपचार भइहरेको बताइएको छ ।

घटना बाहिरिएपछि श्रीमान् फरार भएका थिए । फरार भएका उनलाई अखिल भारत नेपाली एकता मञ्च र पिंपरी चिचवड नगर समितिले नियन्त्रणमा लिएर भारतीय प्रशासनमा बुझाइएको पीडित महिलाका आफन्तले  जानकारी दिए ।



प्रतिक्रिया

धेरै पढिएको